सिटी सेन्टरले ल्यायो चाडपर्व उपहार

काठमाडौं । काठमाडौंको मुटुमा रहेको कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो । किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालीको चाडपर्व योजनामादायरा फराकिलो पारेको छ । असोज १६ गतेदेखि शुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामेल हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।
शपिङ्ग मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ । लक्की ड्रको कुपनमार्फत् विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने छ ।
यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रिलगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्नेछन् । विश्वभरी फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर, सरकारी निर्देशनअनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो ।
यसैअवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पादनको मेला समेत शुरु भएको छ । असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्म हल पुनः सञ्चालनमा आउने सिटी सेन्टरले जनाएको छ । चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल सञ्चालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ । यो योजना २४ कार्तिक २०७८ सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित समय १८:५४ बजे