V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

जापानमा नेपालीको इज्जत डुवाउँदै एनआरएन पारस पोखरेल

पोखरेलविरुद्ध जापानमा उजुरी, पैसा नतिरेको आरोप

गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजक जापानका पारसमणि पोखरेलबिरुद्ध आफूले लिएको पैसा नतिरेको, धम्की दिएको र आर्थिक हिनामिना गरेको उजुरी परेको छ ।
जापानमा व्यवसाय संचालन गरिरहेका पोखरेलविरुद्ध दिनप्रतिदिन उजुरी बढिरहेका छन् । जापानमा नै रहेका केही व्यक्ति तथा कम्पनीहरुले एनआरएनएका उच्च पदाधिकारी समक्ष निवेदन नै दिएर पोखरेलबाट पैसा उठाइदिन र उनलाई कारवाही गर्न आग्रह गरेका छन् ।

जापानको ओसाकामा रहेको विश्वास कम्पनी लिमिटेडले ४ महिना अगाडि एनआरएन जापान नायोगा क्षेत्रीय समितिलाई पोखरेलबाट रकम उठाइदिन अनुरोध गर्दै निवेदन दिएको थियो । उक्त निवेदन एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्त, एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठ र एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारीलाई समेत बोधार्थ गरिएको थियो ।
निवेदनमा भनिएको छ–‘पोखरेल संचालक रहेको समिका कम्पनी लिमिटेडले ५ लाख ८ हजार येन केहि दिनका लागि उधारो लगेको तर अहिलेसम्म पैसा नतिरेको, फोन,एसएमएस तथा सम्पर्क गर्न खोज्दा नभेट्ने अनि भागीभागी हिडेको हुँदा उक्त कम्पनीका संचालक पारसमणी पोखरेलबाट उधारो रकम उठाउनका लागि सहयोग गर्न आग्रह गरिन्छ ।’

पोखरेल भाषण तथा गफमा ठिक्क पार्ने तर आर्थिक व्यवहारमा गिर्न थालेपछि उनी विरुद्धका उजुरी आउन थालेका छन् । ‘ पैसा तिर्नु पर्नेहरुका अगाडि म डुबेको छु पैसा तिर्न सक्दिन भन्दै दामासायी भएर हात उठाएर हिड्ने गर्दछन्’ उनका नजिकहरु नै बताउँछन् ।
पोखरेल विरुद्ध ‘गालिगलौच तथा धम्की’ सम्बन्धमा समेत उजुरी परेको छ । जापानका व्यवसायी तथा एनआरएन पूर्व आइसीसी सदस्य डिलाराम खरेलका छोरालाई पोखरेलले पैसा मागेको भन्दै गाली गलौच तथा धम्की दिएका छन् । खरेल अहिले कोरोनाको बिरामी भइ हस्पीटलाइज भएका छन् । विरामी परेको अवस्थामा समेत पोखरेलले फेसबुकमा स्टाटस लेखेर मानमर्दन गरेको आरोप खरेलको छ ।

एनआरएनजस्तो गरिमामय संस्थाका जिम्मेवार व्यक्तिले धम्कीपूर्व गाली गरेपछि खरेलका छोरा गिनिज खरेलले सामाजिक रुपमा छलफलको माग गर्दै एनआरएनमा निबेदन दिएका छन् ।
गिनिजले निवेदनमा भनेका छन्–‘ वुवा विरामी भएपछि कम्पनीको कारोबार मैले सबै मैले हेरिरहेको छु र कम्पनिको बक्यौदा रकम उठाउने क्रममा पारसमणी पोख्रेलसंग लिनु पर्ने बक्यौताको बारेमा चुक्ता गरिदिन अनुरोधको लागि सम्पर्क गर्दा, मलाइ उल्टै हैसियत र धम्कीपूर्ण तरिकाले बक्यौदा के किन, त को, ढाल्दिन्छु जस्ता अपसब्द प्रयोग गरेको गराउदछु ।’

एनआरएनजस्तो सामाजिक सस्थाको नेतृत्व तहमा रहिसहेको ब्यक्तीको यस्तो हर्कतले निरुस्साहित बनाएको भन्दै उनले सामाजिक रुपमा छलफलको माग राखेका छन् ।
जपानमा पोखरेलविरुद्ध धेरै आवाज उठ्न थालेका छन् । नेपालीको नै पैसा खाएर तिर्न नसक्नेलाई कसरी एनआरएनएको नेता मान्ने भनेर प्रश्न उठ्न थालेको छ । एनआरएनको जिम्मेवार व्यक्तिका नै यस्तो उजुरी आउन थालेपछि एनआरएन आइसीसीले कुनै कारवाही वा स्पष्टीकरण अहिलेसम्म नसोध्नु दुर्भाग्य भएको जापानबासी नेपाली बताउँछन् ।

विश्वभर नेपाली इमान्दार र निष्ठावान भनेर चिनिएता पनि पोखरेलले नेपालीको मात्र नभएर जापानकै वैंक तथा अन्य विदेशी नागरिकहरुको पनि पैसा नतिरेर नेपालीको इज्जत नै धुमिल बनाएको जापानमा बस्ने नेपालीहरु बताउँछन् । पोखरेलका कारणले अन्य नेपालीहरुलाई समेत बैंकले नराम्रो नजरले हेर्ने गरेको छ । मेहनेत गरेर पैसा कमाउने जापानमा पोखरेलले सबैको इज्जतलाई माटोमा मिलाएको आरोप छ । एनआरएनका क्षेत्रीय उपसंयोजकसमेत रहेका पोखरेलले नेपाल र नेपालीको इज्जत माथि उठाउनु पर्नेमा उल्टै माटोमा मिलाएको आरोप छ ।
आफैले खाएको पैसा तिर्न नसक्ने र भागी भागी हिड्ने पोखरेललाई एनआरएनको आजीवन सदस्य नरहने गरी कारवाही गर्नु पर्ने उनीहरुको माग छ ।

जापानको नायोगामा भएको नेपाल फेस्टिवलमा पोखरेलको नेतृत्वले पैसा हिनामिना भएको विषय पनि बाहिरिएको थियो । यस विषयमा निष्पक्ष छानविन हुनु पर्ने माग उठिरहँदा पोखरेलले यस यस विषयलाई भित्रभित्रै मिलेमतोमा दवाइरहेका छन् । यस विषयमा पोखरेलसँग मिलेमतो गर्ने सबैलाई कारवाही गर्न जापानबासी नेपालीले आग्रह गरेका छन् ।

नेपालमा सहयोग पठाउने भन्दै पोखरेल अहिले कोभिड १९ का लागि आफै पैसा उठाउन खोजिरहेका छन् । पैसाका मामलामा यति कमजोर पोखरेलले फेरि झ्वाम पार्ने खतरा बढेको छ ।
‘भित्र भित्र आफु गन्हाइरहँदा पनि बाहिर भने मीठो गफ दिन सिपालु पोखरेलका कर्तुत दिनानु उदाङिगदै जानेछन्’ जापानमा नै रहेका नेपालीको भनाई छ । विश्वभर उच्च गरिमा रहेको एनआरएन संस्थाको नै बद्नाम गराउने जो कोहीलाई कारवाही गर्नै पर्छ नत्र भोलि यसले समग्र संस्थाको नै इज्जत धुमिल हुनेछ ।

प्रकाशित समय ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010