1100×100 Nabil Advert

कृषि विकास बैंकबाट धितोविना एपबाटै तुरुन्तै कर्जा पाइने

काठमाडौं । नयाँ–नयाँ प्रविधिको प्रयोगसँगै कृषि विकास बैंकले समेत त्यसलाई सदुपयोग गर्दै एडीबीएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा शुरु गरेको छ । यो सुविधामार्फत योग्य ग्राहकले २ लाख रुपैयाँसम्म प्रत्यक्षरुपमा आफ्नै मोबाइल बैंकिङ एपबाट विना धितो कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

कृषि विकास बैंकमा तलबी खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमाअनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि ईएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन् भने पूर्वभुक्तानीको विकल्प पनि रहने छ । ‘एडीबीएल इन्स्ट्यान्ट फोनलोन’ योग्य ग्राहकहरुले ‘बाई नाउ, पे लेटर’ सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बीएनपीएल सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ ।

यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी ग्राहकहरुले ‘कन्भर्ट टु ईएमआई’ सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यसअन्तर्गत योग्य ग्राहकले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी मासिक किस्तामा भुक्तानी गर्न सक्नेसमेत बैंकले जनाएको छ ।

‘यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलै एडीबीएल इन्स्ट्यान्ट फोनलोनमा रजिस्टर गर्न सक्नेछन् । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा सफ्टवेयरमार्फत तय गरिन्छ ।’ योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ एपभित्र फोनलोन ब्यानर र रजिस्टर बटन देखा पर्ने बैंकले जनाएको छ । त्यसपछि ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्स्ट्यान्ट फोनलोनका सबै सेवाहरु प्राप्त गर्न सक्नेछन् । प्रविधिको भरपूर प्रयोग गर्दै व्यवसायलाई थप सहज, सरल र सबैको पहुँचमा पु¥याउने उद्देश्यले पछिल्लो समय कृषि विकास बैंकले कार्य गर्दै आइरहेको छ ।

प्रकाशित समय १९:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु