1100×100 Nabil Advert

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

काठमाडौं । नेपाल टेलिकमले २०८१ श्रावण १ देखि लागू हुने गरी मनसुन अफर २०८१ मनसुन अफर अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको हो।

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको रु.१९९ देखिका कम्बो प्याकेजहरु उपलब्ध हुनेछन् । यस अन्तर्गत रु.१९९ मा २०० मिनेट अल-नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । सोही अन्तर्गत कम्पनीले रु.२९९ मा ३०० मिनेट अल-नेट भ्वाइस, ४ जीबी डाटा र २० अन-नेट एसएमएस सहितको कम्बो २९९ प्याक र रु.४९९ मा ५०० मिनेट अल-नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल-नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउनेछ ।

प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याक अन्तर्गत रु.६९९ मा अनलिमिटेड अल-नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल-नेट एसएमएस सहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुबिधा थप गरी उक्त प्याकहरुलाई अझै आकर्षक बनाइने भएको छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ ।

डाटा प्याक अन्तर्गत १ दिन देखि २८ दिनसम्म समयावधि रहेका रु.२९ देखि रु.९९९ सम्मका १ जीबी देखि १०० जीबी सम्म रिसोर्स सहितका बिभिन्न आकर्षक डाटा प्याकहरु उपलब्ध हुनेछन् । पोस्टपेडमा भने रु.३७३ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुनेछ ।

कम्पनीले अन-नेट अर्थात कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरु, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल-नेट प्याकेजहरुका साथै रु.४९ मा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र रु.५९ मा अनलिमिटेड अन-नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डाटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा रु.१९९ मा भ्वाइस तथा डाटा सुबिधा सहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ ।

यसका साथै कम्बो प्याकेज, अनलिमिटेड प्याकेजलगायतका प्याकेज प्रयोगकर्ताका लागि रिसोर्स समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने गरी सहुलियत दरमा एड अन प्याकेजहरु समेत सञ्चालन गरिनेछ ।

ग्राहकले आफ्नो मोबाइलबाट स्टार चौध पन्ध्र ह्यास डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।

प्रकाशित समय २०:५९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु