1100×100 Nabil Advert

नेपाल बैंक र एभरेष्ट हस्पिटलबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौं नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

 

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

 

सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र एभरेष्ट हस्पिटलको तर्फबाट सञ्चलाक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारहरु तथा बैंकमा खाता रहेका ग्राहकहरूले एभरेष्ट हस्पिटलद्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।

प्रकाशित समय १४:२५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु