1100×100 Nabil Advert

सानिमा बैंकको नाफा करिव १४ प्रतिशत बढ्यो

काठमाडौं। सानिमा बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा १३.८६ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

बैंकको खुद ब्याज आम्दानी पनि २७.९१ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा बैंकले एक अर्ब ६८ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३२ करोड रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।

 

बैंकको सञ्चालन मुनाफा बढेको छ । समीक्षा अवधिमा बैंकको सो मुनाफा १४.९४ प्रतिशतले वृद्धि भएर ६५ करोड ७६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५७ करोड २१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । १३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित समय ११:३७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु