एनएमबि नेक्स्टजेन बैंकिङ्ग लिडर्स स्कलरसिपको घोषणा

काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडर्सहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले एनएमबि नेक्टजेन बैंकिङ्ग लिडर्स स्कलरसिपको घोषणा गरेको छ । बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक-एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यार्थीहरुमा अग्रीमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ । यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरुमा लगानी गरी बैंकीङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो ।विद्यार्थीहरुलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने शीप तथा ज्ञान प्रदान गर्दै भावि दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्य एनएमबि बैंकले लिएको छ ।

दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय २०:५६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु