बैंकका कर्मचारीको विवाहमा जीवन बीमा उपहार

धनुषा । महेन्द्रनगर–८ धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिनुभएको छ । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिव कुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका छन् । उनीहरुले प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजना उपहार दिएका हुन् ।
आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले बताए । विवाहमा अन्य जिन्सी उपहार दिनु भन्दा जीवन बीमा योजना उपहार दिंदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे । यसले विवाहकै दिनदेखि नै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए । वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट सिनियर एजेन्सी म्यानेजर एमडी सिराजुल आलम र बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरुको उपस्थिति रहेको थियो । राजिव कुमार पण्डितको विवाह नेहा भारतीसँग भएको थियो । दुलाहा राजिव कुमार पण्डित ग्लोवल आइएमइ बैंक कुमारीपाटी शाखामा कार्यरत छन् ।
प्रकाशित समय १८:४१ बजे