MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

बैंक अफ काठमाण्डूद्वारा ‘बीओके सफलता मुद्दती खाता सार्वजनिक

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहक महानुभावहरुको उच्चतम् लाभ तथा सुरक्षालाई मध्यनजर गर्दै ‘बीओके सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ । ‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहकहरुले ११ लाख रुपैयाँसम्मको बीमा सुविधासहित सर्वोच्च वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुविधाको उपयोग गर्न सक्नुहुनेछ । उक्त मुद्दती खाता २५ हजारदेखि नै खोल्न सकिने र ग्राहकहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुविधाहरुको उच्चतम लाभ लिई ढुक्क हुने विश्वास बैंकले लिएको छ । साथै बीमा सुविधाअन्र्तगत दूर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख रुपैयाँ, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख रुपैयाँ तथा औषधि उपचारको लागि १ लाख रुपैयाँको बीमा सुबिधाअन्र्तगत बहिरंगको लागि २० हजार रुपैयाँ तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजारसम्मको बीमा सुबिधाको उपयोग गर्न सकिने छ । बीमा सुविधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु