एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ४ अर्बभन्दा बढी खुद नाफा आर्जन

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलोपटक खुद नाफा ४ अर्बको कोसेढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।

 

बैंकको खुद नाफा अघिल्लो वर्षको २ अर्ब ८५ करोडको तुलनामा ४०.६ प्रतिशतले वृद्धि भई ४ अर्ब १ करोड पुगेको छ । कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रहेको छ भने प्रतिशेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको छ । प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर ९.४२ अर्ब पुगेको बैंकले जनाएको छ ।

 

डिजिटल र ट्रान्ज्याक्सन बैंकिङमा भएको वृद्धिसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर शुल्क तथा कमिसन आम्दानी २.८३ अर्ब पुगेको छ । ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारडा ट्रेडिङ आम्दानी ८९ प्रतिशतले वृद्धि भई ६८१.४२ मिलियन पुगेको छ । पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा सुधार भई क्रमशः ११.५८ प्रतिशत र १.०४ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु