चक्रपथ निर्माणसँगै घरपझोङमा आवागमन सहज

मुस्ताङ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ । उक्त सडक आयोजना सात वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन् । पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सडक सदरमुकाम जोमसोम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै पुनः जोमसोम जोड्ने १० दशमलव पाँच किलोमिटर हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनुभयो ।

 

विसं २०७७ माघसम्म निर्माण सम्पन्न गर्रेगरी विसं २०७६ असार २६ गते ठेक्का सम्झौता भएको थियो । कोभिड माहामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिलासुस्तीलगायत कारणले काम सम्पन्न हुने नसकेको उहाँले उल्लेख गर्नुभयो । सुरुआती ठेक्का सम्झौता अवधि डेढ वर्ष तोकिए पनि पटकपटक म्याद थप गरी सात वर्षमा निर्माण सम्पन्न भएको हो । इन्जिनीयर पाण्डेका अनुसार उक्त चक्रपथ रु २१ करोड ३५ लाख ६१ हजार लागतमा बन्दन भगवती जलजला जेभी कन्ट्रक्सनले निर्माण गरेको हो । दश दशमलव पाँच किमीमध्ये पाँच दशमलव पाँच किमी सडक ‘प्रिमिक्स’ प्रविधिबाट कालोपत्र गरिएको जनाउँदै बाँकी ग्राभेल गरिएको उहाँले बताउँनुभयो ।

 

यसैबीच, निर्माण कम्पनीले ट्राफिक सङ्केतका चिह्न अङ्कित खम्बा गाड्ने, नाली सफा गर्ने, सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना न्यूनीकरणका लागि बार लगाउनेलगायतका कार्य सम्पन्न भइसकेका इन्जिनियर पाण्डेले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकलाई जोड्ने गरी घरपझोङ गाउँपालिकास्थित कालिगण्डकी पारिका ओझेलमा परेका गाउँ जोड्ने गरी चक्रपथ निर्माण गरिएको । पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

 

घरपझोङ गाउँपालिकाका पाच वटै वडा जोड्ने चक्रपथ निर्माणले स्थानीय नागरिकलाई सदरमुकाम जोमसोम आउन जान सहज भएको घरपझोङ-५ का वडाध्यक्ष प्रदीप थकालीले बताउनुभयो । उहाँका अनुसार यसअघि कालिगण्डकी पारिका गाउँमा सडकको पहुँच नहुँदा उत्पादित कृषिउपजको बजारीकरणमा समस्या आएको थियो । यसैगरी घरपझोङ चक्रपथ सडकअन्तर्गत जोमसोमबाट ढुम्बातालसम्म कालोपत्र विस्तार गरिएपछि मुक्तिनाथ दर्शन गरी फर्किएका पर्यटकलाई आवागमनमा सहज भएका वडाध्यक्ष थकालीले बताउनुभयो । ‘सडक स्तरोन्नतिसँगै मुक्तिनाथ हुँदै ढुम्बातालको अवलोकन गर्न आएका पर्यटकका लागि यातायातको सुविधा विस्तार भएको छ । यसले पर्यटन प्रवर्द्धन गर्ने विश्वास छ’, उहाँले भन्नुभयो ।

प्रकाशित समय १३:३० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु