1100×100 Nabil Advert

नाडाको कार्यसमितिमा को को ?

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको २९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन भएको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोश्रो केन्द्रीय कार्य समितिले नाडाको विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम २०८२ पौष २५ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारीहरुको निर्वाचन कार्य सम्पन्न गरी नाडाको २९ सदस्यीय केन्दीय कार्य समितिको गठनलाई पूर्णता प्रदान गरेको हो ।

 

नाडाको केन्द्रीय कार्य समितिका पदाधिकारीहरुमा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्षहरुमा भद्र भण्डारी, गणेशप्रसाद भट्टराई, उपाध्यक्षहरुमा विक्रम सिंहानिया, अभिक ज्योति, महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंंकज अग्रवाल र सहकोषाध्यक्षमा निलमणी पाठक रहेका छन् । त्यसैगठरी संस्थागत सदस्यहरु मध्येबाट प्रदेश सदस्यहरुबाट डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा रहेका छन् ।

 

अध्यक्षबाट मनोनित सदस्यहरुमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन् । साधारण सदस्यहरु मध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह रहेका छन् ।

प्रकाशित समय २१:३५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु