1100×100 Nabil Advert

नेपाल बैंक लिमिटेडको नयाँ अभियान सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड तथा खल्ती बाई आइएमइको सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंकको ब्राण्ड प्रवर्द्धन एवं डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागू हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी Link, Load & Withdraw0-Win Rewards via Khalti अभियान सञ्चालनमा ल्याएको छ ।

 

सो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता खल्तीमा लिंक गरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई मुभी टिकेटस् वा खल्ती प्रो सब्स्क्रीप्सन र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद १५ हजार पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ । सो अभियानमा योग्य हुनको लागि खल्ती वालेटमा दर्ता भई केवाईसी अद्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता खल्ती वालेटमा लिंक हुनुपर्ने तथा लिंक गरिएको खातामार्फत् कारोबार भएको हुनुपर्नेछ । यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखामा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ । यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङतर्फ उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ ।

 

हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ ।

प्रकाशित समय १८:१६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु