1100×100 Nabil Advert

एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहकहरुका लागि ३० प्रतिशत छुट

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पु¥याएको छ । २०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नुहुनेछ ।

 

ग्राहकहरुले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्नुहुनेछ । बैंकले मुलुकभरका विभिन्न शाखाहरुमा ग्राहकहरुको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ ।

 

बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय १२:०२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु