1100×100 Nabil Advert

जवरजस्ती अर्काको कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु पार्ट अफ करप्सन हो : गभर्नर पौडेल

काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको ‘पार्ट अफ करप्सन’ रहेकाले यसलाई राष्ट्र बैंकले क्षम्यकोरुपमा नलिने बताए । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारणसभाका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने- ‘सरकारी बैंकहरुबाट यो मिलाइदिन्छु भनेर पैसा माग्यो भने सरकारले रिक्स लिन्छ । तर निजी बैंकहरुबाट त्यस्तो भएमा हामी गम्भिर रुपमा लिनेछौँ’, गभर्नर पौडेलले भने, ‘कुनै पनि व्यक्तिले जवरजस्ती अर्काको कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु पार्ट अफ करप्सन हो । यसलाई नेपाल राष्ट्र बैंकले क्षम्य रुपमा लिँदैन ।’

 

गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउनका लागि राष्ट्र बैंकले विभिन्न नीति परिमार्जन गरेको बताए । उनले भने, ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा वित्तीय संस्थाहरुको नाफा बढाउनका लागि सहज बनाएका छौँ । महानगरमा रहेका धेरै बैंकहरुका शाखा बन्द गर्ने बाटो खोलिदिएका छौँ ।’ बैंकहरुको हकमा राम्रो नाफा र लगानी गरेर डिजिटल कारोबारमा ध्यान दिँदै अर्थतन्त्रको गतिमा सहयोग पुगोस् भनेर नै नेपाल राष्ट्र बैंकले काम गरिरहेको गभर्नर पौडेलले बताए । ‘बैंक तथा वित्तीय संस्थाहरुको नाफामा ध्यान दिइरहेका छौँ । तर, यसमा सहि के हो र गलत के हो भनेर पोलिसी तयार पार्छौँ । सबैको गुनासो हेरेर हामी अगाडी बढ्ने गरेका छौँ’, गभर्नर पौडेलले भने ।

 

बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रिएको पैसा लगानी गर्नका लागि नेपाल राष्ट्र बैंक केन्द्रित रहेको उनले बताए । ‘अर्थतन्त्रको मुभमेन्ट मास साइकोलोजीमा भर पर्छ । गएको १० वर्षमा धेरै परिवर्तन भएको छ । यो बीचमा हिमालयन जाभादेखि आइटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । विभिन्न ठाउँमा सडक तथा पूर्वाधारमा राम्रो प्रगति भएको छ’, उनले भने । श्रीलंका अफ्ठ्यारो अवस्थामा पुगेर पनि सुधारको गति समातेकाले नेपालले पनि गति सामात्ने गभर्नर पौडेलको विश्वास छ । अहिले मनोबल कमजोर रहेकाले यसलाई उकास्नका लागि आवश्यकता रहेको उनको भनाइ छ । उनले भने, ‘हामी आर्थिक नितीहरुमा बलियो छौँ । तर, मनोबल कमजोर छ । कमजोर मनोबललाई उकास्न राम्रो विषयहरुको केन्द्रित रहनु पर्छ । जस्तै, निर्यातमा राम्रो गरिरहेका अलैँची जस्तालाई बढावा दिनुपर्छ । जे चाहिन्छ त्यसका लागि हामी राम्रो लाइनमा जान सकिन्छ ।’

 

सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरुले समेत नेपालमा केहि नहुने भन्दै आफ्ना सन्तान विदेश पलायन गराएको गभर्नर पौडेलको आरोप छ । उनले कार्यक्रममा बोल्दै भने, ‘एक दशकभन्दा बढी यो देशमा केहि हुँदैन भनेर छोराछोरी सबैलाई विदेश पठाइयो । उनीहरु सबैलाई फर्काएर ल्याउनु पर्छ । तर, उनीहरुलाई ल्याएर मन्त्री बनाउने र राजनीतिक रेशमा लैजान हुँदैन ।’ कुनै पनि कुरा रातारात गर्छु भन्ने कुनै फर्मुला नहुने भएकाले विस्तारै गर्दै जानुपर्ने गभर्नर पौडेलको भनाई छ । ‘फेलियर’ हुनु भनेको पार्ट आफ बिजनेश नभएकाले नराम्रो होइन, राम्रो स्टोरीहरुको प्राथमिता दिनुपर्ने उनले बताए । उनले भने, ‘म मीनबहादुर जीलाई हेर्छु । उहाँले दुई महिनामा गरेर देखाउँछु भन्नु भएको थियो । त्यस अनुसार उहाँले गरेर देखाउनु समेत भयो ।’ कालोसूचीको व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको पनि उनको भनाइ छ ।

प्रकाशित समय १०:५३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु