एन आई सी एशिया बैंकका ग्राहकलाई काठमाडौंमा रहेको दृष्टि आई केयर सिष्टममा विशेष छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ । इएनटी एण्ड जेनेरल सर्भिस अन्तर्गत ओपीडीमा २० प्रतिशत तथा इनभेष्टीगेशनमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै, आँखा उपचार गर्दा ओपीटी जेनेरलमा २० प्रतिशत, अप्रेशन चार्ज, सर्जरी प्याकेज तथा इनभेष्टीगेशमा ५ प्रतिशत, ल्याब्रोटोरीमा १० प्रतिशत र ओप्टीकल प्रोडक्समा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित समय १७:५२ बजे




















