1100×100 Nabil Advert

जेन–जी आन्दोलनबाट भएको क्षतिको दाबी २३ अर्ब ४३ करोडमध्ये ४ अर्ब दुई करोड भुक्तानी

ललितपुर । हालैको जेन-जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार २५५ वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४३ करोड ४१ लाख दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ ।

 

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम करिव रू. १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिव रू. ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम करिव रू.३ अर्ब ४४ करोड १० लाखमध्ये करिव रू. ८४ करोड ८५ लाख भुक्तानी भएको छ ।

 

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव रू. ५५ करोड ४ लाख दाबी रकममध्ये करिव रू. ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव रू. १ करोड ६९ लाख दाबी रकममध्ये करिव रू. ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको करिव रू. ३९ करोड १८ लाख दाबी रकममध्ये करिव रू. ३९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

 

पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव रू. २ अर्ब ५१ करोड ७९ लाख अग्रिम सहित दाबी भुक्तानी
जेन-जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव रू. २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानी सहित दाबी गरेको छ । नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले उल्लेख गर्नुभएको छ ।

 

 

प्रकाशित समय १०:४० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु