एनएमबि बैंकलाई ‘एक्सलेन्स इन कमर्सियल कार्डस् बिजनेस’ अवार्ड प्राप्त
काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ‘लिडरसिप कन्क्लेभ नेपाल २०२५’ सम्मेलनमा एक्सलेन्स इन कमर्सियल कार्डस् बिजनेस’ अवार्ड प्राप्त गरेको छ ।
यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो ।
एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत् आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय १७:५६ बजे





















