सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना हुने
काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी (सलिको) ले सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना गर्ने जनाएको छ । सलिकोले यही मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट काठमाडौंमा सो टुर्नामेन्ट आयोजना हुन लागेको हो ।
उक्त प्रतियोगितामा १७ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न उमेर समूहका महिला तथा पुरुष समूहको खेलहरु आयोजना गराइने छ । यो खेलकूद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूति गराउन समेत यो प्रतियोगिताको आयोजना गरिएको छ ।
विश्वमा अधिक रुचाइएको खेलमध्ये गल्फ पनि एक रहेको भए तापनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षितरुपमा हुन नसकेको परिप्रेक्षमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यस प्रतियगितामा खेलाईने १७ विधाका खेलहरु मध्ये ‘होल इन वान’ विधाको पुरस्कार अन्तर्गत सिप्रदी ट्रेडिङ प्रालिद्वारा टाटा नेक्सन इभि पुरस्कारको व्यवस्था गरिएको छ । साथै अन्य विधाका खेलहरुमा सिम्रिक एअरद्वारा २ जनालाई स्काइ डाइभिङ त्यसैगरी कैलाश हेलिकप्टरबाट १ जनालाई गोसाइकुण्डको हेलिकप्टरको यात्रा लगायत अन्य आकर्षक पुरस्कारहरुको समेत व्यवस्था गरिएको छ ।
यसै अवसरमा सलिकोले निर्जीवन बीमाको महत्वमा पनि प्रकाश पार्दै विभिन्न किसिमका जोखिमहरूबाट सुरक्षा प्रदान गर्ने बीमाको आवश्यकता बढ्दो अवस्थामा रहेको उल्लेख गरेको छ । जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिकको चासो बढ्दै गएको वर्तमान परिवेशमा गल्फ जस्ता खेलकूद गतिविधिहरूमा सहभागी माझ निर्जीवन बीमाको सचेतना बढाउनु रहेको कम्पनीले जानकारी गराएको छ ।
सलिकोले वर्षौंदेखि खेल क्षेत्र, समुदाय तथा आर्थिक-सामाजिक सुरक्षामा केन्द्रित रहँदै ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने नारासहित नेपाली बीमा क्षेत्रमा आफ्नो भूमिकालाई अझ सुदृढ बनाउँदै आएको छ । गल्फ प्रतियोगिताजस्तै गतिविधिहरू मार्फत् कम्पनीले बीमा सचेतना, सामुदायिक साझेदारी तथा खेलकूदमैत्री वातावरण निर्माणमा निरन्तर योगदान दिंदै आएको छ ।
प्रकाशित समय १६:१४ बजे





















