1100×100 Nabil Advert

नेपाल बैंकको करिब नौ दशकको यात्रा : डिजिटल रूपान्तरण र सुशासन प्राथमिकतामा

काठमाडौं । नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेड (एनबीएल) स्थापना भएको ८८ वर्ष पूरा गरी आजदेखि ८९ वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ साल कार्तिकमा स्थापना भएको एनबीएल देशको पहिलो वाणिज्य बैंकका रूपमा परिचित छ । यसले नेपालमा औपचारिक बैंकिङ सेवाको प्रारम्भ गर्नुका साथै स्वदेशी मुद्रा प्रचलनलाई सुव्यवस्थित बनाउन निर्णायक योगदान दिएको मानिन्छ ।

 

विभिन्न आरोह-अवरोह खेपेको नेपाल बैंकले प्रतिस्पर्धी बैंकिङ वातावरणमा आफूलाई सबल र प्रभावकारी संस्थाको रूपमा उभ्याउन सफल भएको छ । बैंकले हाल २३१ शाखा, ९१ एक्सटेन्सन काउन्टर, २३७ एटिएम तथा डिजिटल माध्यममार्फत देश-विदेशमा रहेका करिब २० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय २१:५० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु