भ्रष्टाचारविरुद्ध हाम्रो गोलको उपाधी टिटिजी एफसीलाई
ललितपुर । बक्स अफिस इन्टरनेशनल ग्रुपले विगतको वर्षझैं यो वर्ष पनि भ्रष्टाचारविरुद्ध हाम्रो गोल २०८२ कार्यक्रम प्रतियोगिता सम्पन्न गरेको छ । एक वर्षमा करिब ५३ वटा प्रतियोगिता सञ्चालन गर्ने संस्थाको क्यालेण्डरअनुसार संस्थाले कात्तिक २९ गते शनिवार बुद्धिविकास खेल मैदान ललितपुरमा आयोजना गरेको थियो । देशमा व्याप्त भ्रष्टाचारविरुद्ध हाम्रो गोल सामाजिक सन्देशमूलक प्रतियोगितामा आयोजक बक्स अफिस फुटबल एकेडेमी, लाइन एफसी, लामा टोलब्वाइज (टिटिजी) एफसी, सोल्टी एफसीले सेमिफाइनलका खेलहरु खेलेका थिए । एन्फा रेफ्रीले सञ्चालन गरेको भ्रष्टाचारविरुद्ध हाम्रो खेलको सेमिफाइनलको पहिलो खेलमा आयोजक बक्स अफिस फुटबल एकेडमीलाई २ गोलको विरुद्ध टिटिजी एफसीले ३ गोल हानेर फाइनल पुगेको थियो । त्यसैगरी अर्को सेमिफाइनलको दोस्रो खेलमा तामाङ टोलब्वाइज एफसीले सोल्टी एफसीलाई २ गोलको विरुद्ध ३ गोल गरेर फाइनल यात्रा तय गरेको थियो ।

शनिवारनै खेलाएको फाइनल खेलमा टिटिजी एफसी र अर्को प्रतिष्पर्धी क्लब लाइन्स एफसी निर्धारित समयमा एक-एकगोलको नतिजा आएकोले खेल पेनाल्टीमा पुगेको थियो । रेफ्रीले पाँचौं खेल पेनाल्टी सुटआउटबाट लिदा टीटीजी एफसी ३ गोल र लाइन एफसी २ गोल गरेर उपबिजेतामा चित बुझायो । लाइन एफसीको गोलकिपर इन्द्र लामाले टिटिजीको एक प्रहार बचाउ गरे भने लाइन एफसीको खेलाडीको २ प्रहार भने पोष्टबाट बाहिरिएको थियो । प्रतियोगिताको उत्कृष्ठ खेलाडी निराजन श्रेष्ठ टीटीजीबाट चुनिए भने प्रतियोगिताको उत्कृष्ठ किपर इन्द्र लामा लाइन एफसीबाट सम्मानित भए । फेयर प्ले सोल्टी एफसीलाई प्रदान गरिएको थियो ।

बक्स अफिस इन्टरनेशनल ग्रुपले सञ्चालन गरेको बक्स अफिस फुटबल एकेडेमीको आयोजनामा भ्रष्टाचारविरुद्धको बिजेता उपबिजेता तथा सम्मानित सम्पूर्ण क्लब र खेलाडीलाई ललितपुर नृत्य निर्देशक संघका पूर्वअध्यक्ष तथा संघका सल्लाहकार वरिष्ठ नृत्य निर्देशक प्रदीपरमण सिंह डंगोल, महिला उद्यमी आश्मा राउत, समाजसेवी डिबी बर्मा, व्यवसायी सूर्य खड्काले ट्रफी, मेडल र प्रमाणपत्रबाट सम्मान गर्नुभएको थियो । देशमा व्याप्त भ्रष्टाचारविरुद्ध आफूले देशभर रहेको फुटबल क्लबहरुलाई आह्वान गरी हरेक वर्ष यस्तो प्रकारको खेल नियमितरूपमा आयोजना गर्दै आएको संस्थाका अध्यक्ष आरके सुवेदीले बताए ।
प्रकाशित समय १५:५५ बजे





















