1100×100 Nabil Advert

नेपाल एसबिआई बैंकका अध्यक्ष कुंचाले लिए गभर्नरबाट शपथ

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा वेंकट वंशीधर कुंचा चयन भएका छन् । स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व आएका सञ्चालक कुंचालाई बैंक सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरेको हो । अध्यक्ष वेंकट वंसीधर कुंचा, एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत हुनुहुन्छ । उहाँले एसबीआईको २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्नुहुन्छ ।

 

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंकमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

 

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सीना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरु राजेन्द्र भट्टराई, ईश्वरीप्रसाद भट्टराई र शरणकुमार अधिकारी तथा नेपाल एसबिआई बैंकका सञ्चालकहरु रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती र डा. गोपाल प्रसाद भट्ट एवं बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बैंकका कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय २१:५९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु