1100×100 Nabil Advert

गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

काठमाडौ । रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड-५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरुको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो ।

 

बेपत्ता भएका अन्य चार जनाको ड्रोन क्यामेरासहित सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले पाँच स्थानमा खोजीकार्य गरिरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित समय १९:०६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु