1100×100 Nabil Advert

रवि लामिछानेसँगै नख्खु कारागारबाट भागेका ६५१ कैदीबन्दी फर्कन बाँकी 

ललितपुर । गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा नख्खु कारागार, ललितपुरमा भएको तोडफोड, आक्रमण र आगजनीका कारण रवि लामिछानेसँगै एक हजार २८० जना कैदीबन्दी भागेका थिए ।

 

फरार कैदीमध्येमा रवि लामिछानेसहित हालसम्म पाँच सय ८७ जना स्वेच्छाले कारागारमा फर्किएका छन् भने केही देशका विभिन्न कारागारमा पुनःस्थापित भएका छन् । अझै ६५१ जना फरार कैदी नख्खु कारागार प्रशासनले सूचनामार्फत फर्कन आह्वान गरे पनि फर्किएका छैनन् । कारागार व्यवस्थापन विभागले फरार रहेका सबै कैदीबन्दीलाई स्वेच्छाले फर्कनका लागि असोज २० गते सोमबारसम्मको समय दिएको छ । तोकिएको समयसीमाभित्र नफर्किए कारागार ऐन, २०७९ अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने कारागार व्यवस्थापन विभागले जनाएको छ ।

 

विभागले फरार कैदीलाई खोजी गर्न तथा फिर्ता ल्याउन सहयोग पुर्‍याउन कैदीबन्दीका परिवारजन, स्थानीय तह, सुरक्षा निकाय, सञ्चार माध्यम र अन्य सरोकारवाला निकायसँग सहकार्यका लागि आग्रह गरेको छ । फरार कैदीहरूले तोकिएको म्यादभित्र आफैंँ नजिकको प्रहरी कार्यालय, कारागार वा सम्बन्धित निकायमा सम्पर्क गरेर आत्मसमर्पण गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

प्रकाशित समय १०:१५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु