1100×100 Nabil Advert

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्शद्वारा सम्मानीत

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने बाणिज्य बैंक तर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ । बैंकले बेष्ट प्रफमेन्स अन रिक्स म्यानेजमेन्ट, बेष्ट बैंक एण्ड बेष्ट प्रफमेन्स अन एसेस्ट क्वालिटी बिधामा उक्त सम्मान प्राप्त गरेको हो ।

 

भारतको नयाँ दिल्लीमा इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गर्नुभएको थियो । यी प्रतिष्ठित पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनका अभ्यासहरु, सञ्चालन उत्कृष्टता तथा बैंकको सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई जोड दिन्छ ।

 

नेपाल एसबिआई बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित समय ११:२५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु