1100×100 Nabil Advert

गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ । अगस्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक ‘द बेस्ट बैंक’ र ‘बेस्ट एआई-एमएल इम्प्लिमेन्टेशन’ विधामा उत्कृष्ट सहित बेस्ट एमएसएमई एक्सलेरेशन विधामा रनर-अपको अवार्ड प्राप्त गरेको हो । यस अवार्डमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

 

शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गर्नुभएको हो । इण्डियन च्याम्बर अफ कर्मसद्वारा सन् २०२४ मा आयोजित दोश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस कार्यक्रममा समेत यस विकास बैंकले ‘बेस्ट एसेट्स म्यानेजमेन्ट’ विधामा रनर-अपको रुपमा अवार्ड प्राप्त गरेको थियो ।

 

यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको छ । यस अवसरमा विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरु, नियमनकारी निकायहरु, शेयरधनी महानुभावहरु एवं शुभचिन्तकहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं । साथै, यस विकास बैंकलाई निरन्तर उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गर्न आफ्नो कर्तव्य पालनामा अहोरात्र खट्नुहुने सम्पूर्ण कर्मचारीहरुप्रति आभार व्यक्त गर्दछौं । हाल विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङमार्फत् सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित समय २१:२९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु