1100×100 Nabil Advert

एनएमबि बैंकले ल्यायो नयाँ अटो लोन योजना

काठमाडौँ । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको छ । इलेक्ट्रिक सवारी साधन किन्न चाहेका ग्राहकहरूका लागि एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुन सक्छ ।

 

एनएमबि बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पु¥याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरु उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो ।

 

यस अफरबारे थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नं ई २४ मा बैंकको तर्फबाट उपस्थित हुने प्रतिनिधि मार्फत लिन सकिनेछ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १२:४५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु