1100×100 Nabil Advert

बाढी खेतमा पस्दा बर्खे धानबालीमा क्षति

भोजपुर । खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको बर्खे(साउने) धानबालीमा क्षति पुगेको छ । सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो ।

 

सडकको पानी खेतमा पसेकाले थन्काउने बेलाको धान नष्ट भएको रामप्रसादराई गाउँपालिका-५ का किसान विश्वराज तामाङले बताउनुभयो । सडकमा जम्मा भएको पानीलाई नालीमा व्यवस्थापन नगर्दा तीन जना किसानको धानबालीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नालीलाई व्यवस्थित नगरिँदा माथीबाट भेला आएर पानी खेतमा पसेको हो । बर्सेनि धानबालीमा बाढी पसेर क्षति गर्दै आएको छ ।’

 

खेतमा पहिलो कमाइ बर्खे धानबालीमा उठाएपछि दास्रो बाली विस्तार गर्ने किसान बताउँछन् । बर्सेनि खेतीयोग्य भूमि बाझिँदै गइरहेकाले राज्यले किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सकजीकरण गर्नुपर्नेमा तामाङले जोड दिनुभयो । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

प्रकाशित समय १२:०३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु