1100×100 Nabil Advert

पोखरेलले सम्हाले बीमा प्राधिकरणको अध्यक्षको कार्यभार

ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले आजदेखि प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हाल्नुभएको छ । नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न जिम्मेवारी दिएको छ ।

 

प्राधिकरणमा कार्यभार सम्हाल्नुहुँदै अध्यक्ष पोखरेलले बीमा ऐन, नियम र निर्देशिकाहरू अक्षरशः पालना गर्दै बीमा कम्पनीहरूको अनुगमन र नियमनलाई कार्ययोजनाका साथ अझै प्रभावकारीरूपमा अगाडि बढाउन निर्देशन दिनुभयो ।

 

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत ल्याएका बीमा सम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिनुहुँदै अध्यक्ष पोखरेलले भन्नुभयो– ‘संस्थाको उद्देश्य प्राप्ति र बीमा क्षेत्रको विकास एवं पहुँच विस्तारका लागि टिमवर्कका साथ काम गरौं, संस्थाको जिम्मेवारी ठूलो छ, बीमितको हकहित संरक्षण गर्नुछ, बीमा क्षेत्रको भविष्य राम्रो छ, सबै मिलेर इमान्दारिताका साथ काम गरौं ।’

 

अध्यक्ष पोखरेलले बीमा सचेतनामार्फत बीमाको पहुँच बढाउन, बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन, बीमा सेवाको गुणस्तर अभिवृद्धि गर्न र बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न जिम्मेवारीपूर्वक अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

 

कार्यक्रममा अध्यक्ष पोखरेललाई स्वागत गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा ऐन, नियमले प्राधिकरणलाई सुम्पिएको दायित्व पूर्ण प्रतिवद्धता साथ निर्वाह गर्दै आएको बताउनुभयो । यसअघि अध्यक्ष सेवन्तक पोखरेल प्राधिकरणमा आउनुहुँदा उहाँलाई प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशकहरू लगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।

प्रकाशित समय १९:१० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु