1100×100 Nabil Advert

नेपाल बीमा प्राधिकरणले दियो कम्पनीहरुलाई कडा निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि आ-आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य (आवधिकरूपमा तय गर्ने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य) निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको छ ।

 

प्राधिकरणले सबै जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई जारी गरेको परिपत्रमा ‘आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा-शाखा-प्रादेशिक कार्यालय र विभागहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न निर्देशन दिएको उल्लेख छ ।

 

बीमकहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरूलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेको, बीमकहरू ठूलो रकमको बीमाशुल्क संकलनमा केन्द्रित हुँदा बीमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न नसकेको, बीमा अवधि नपुग्दै बीमालेख व्यतित तथा समर्पण हुनेलगायतका समस्या देखा परेको र त्यसबाट गुणस्तरीय एवं भरपर्दो बीमा सेवा प्रवाहमा चुनौती थपिएको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले दिएका छन् ।

प्रकाशित समय १८:५६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु