1100×100 Nabil Advert

एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच विशेष सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रालिबीच एनआईसी बैंकका ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेशन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापछि एनआईसी एसिया बैंकका ग्राहकहरुले ई-स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।

 

ई-स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ । ग्राहकहरूले एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्नुहुनेछ । दी गो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई(स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवर्द्धनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले जनाएका छन् ।

प्रकाशित समय १८:३७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु