1100×100 Nabil Advert

ओझाको नियुक्तिपछि थालनी भयो उजुरीहरुको सुनुवाईका लागि बीमा प्राधिकरणमा इजलाश

ललितपुर । नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय इजलाश सञ्चालनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजूरीहरू शीघ्रताका साथ फछ्र्यौट गर्दै जाने प्रतिवद्धता जनाउनु भएअनुसार छुट्टै कक्ष स्थापना गरी इजलाश सञ्चालनमा ल्याइएको हो ।

 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका संचालक समितिका सदस्यहरू मानबहादुर अर्याल, सन्तोष रिजाल र राधाकुमारी पोखरेलको सहभागितामा नयाँ कक्षमा इजालाश बसेको हो । प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजुरीमाथि इजलाशमा पक्ष तथा विपक्षका कानून व्यवसायीहरूबाट बहस भएको थियो ।

प्रकाशित समय २०:०९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु