तिलोत्तमास्थित शिव–कालिका मन्दिर पुनःनिर्माण हुँदै

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ स्थित ६० वर्ष पुरानो शिव–कालिका मन्दिरको पुनः निर्माणका क्रममा शिलान्यास गरिएको छ । स्थानीय वडा नंं १ र २ का जनताबाट सङ्कलित रु एक करोड रकमबाट जीर्ण अवस्थामा पुगेको सो मन्दिर भत्काएर नयाँ बनाउन लागेको वडा नंं १ का अध्यक्ष परशुराम गिरीले जानकारी दिनुभयो ।

 

प्रदेश सांसद एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले धार्मिक आस्था एवं विश्वास राख्नेहरूका लागि शिव–कालिका मन्दिरको शिलान्यास गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको उल्लेख गर्दै गुणस्तरमा सम्झौता नगरी तोकिएको समयसीमाभित्र निर्माणसम्पन्न गर्न मन्दिर व्यवस्थापन तथा निर्माण व्यवसायीको ध्यानाकर्षण गर्नुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दधिराम गौतमका अनुसार २०२१ सालमा निर्माण भएको मन्दिर जीर्ण हुँदै गएपछि भक्तजनमा पर्न गएको समस्यालाई दृष्टिगत गरी स्थानीय जनताको सक्रियतामा मन्दिर पुनः निर्माणको काम अघि बढेको हो । धार्मिक हिसाबले महत्वपूर्ण एवं ऐतिहासिक मन्दिर पुनः निर्माणका लागि स्थानीय जनताबाट स्वतःस्फूर्त रुपमा रकम सङ्कलन भएको कोषाध्यक्ष पुष्करनाथ पन्थले जानकारी दिनुभयो । निर्माण समितिका संयोजक कुलबहादुर भण्डारीले तिलोत्तमा नगरपालिकाको सबैभन्दा पुरानो एवं धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित शिव–कालिका मन्दिर यथासक्य छिटो निर्माण गरिने बनाउनुभयो ।

प्रकाशित समय १८:३० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु