1100×100 Nabil Advert

‘शैक्षिक परामर्श दिने कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवर्द्धन गर्नुपर्छ’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श सेवा दिने कम्पनी तथा संस्थालाई साना व्यवसाय तथा ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घले आज यहाँ आयोजना गरेको ‘शैक्षिक परामर्श क्षेत्रको औद्योगिक मान्यताः सरकारको भूमिका’ विषयक कार्यक्रममा उहाँले शैक्षिक परामर्श सेवा प्रदायकले समेत नवीनतम् सोच प्रयोग गरी व्यवसाय सञ्चालन गरेकाले स्टार्टअप उद्यम हुनसक्ने बताउनुभयो ।

 

मन्त्री भण्डारीले शिक्षा क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाल सरकारले शिक्षा क्षेत्रको विकासका लागि ठूलो लगानी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसै सन्दर्भमा शैक्षिक परामर्श प्रदान गर्ने कार्यलाई उद्यमशील र रोजगारमुखी क्षेत्रका रूपमा हेरिन्छ, यस क्षेत्रले उल्लेख्य मात्रामा रोजगारी सृजना गरेको सहजै अनुमान गर्न सकिन्छ, शैक्षिक परामर्श प्रदान गर्ने क्षेत्रलाई सेवा उद्योगका रूपमा सरकारले मान्यता दिएको छ ।”

 

शैक्षिक परामर्श प्रदान गर्ने क्षेत्रलाई पारदर्शी बनाई सहज र सुलभ सेवा प्रवाह गर्नका लागि आवश्यक पूर्वाधार विकासमा थप काम गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो । उहाँले हाल शैक्षिक परामर्श सेवा दिने कम्पनीहरूले आफ्नो सेवालाई विश्वसनीय बनाउन ‘एक्रिडिटेशन’समेत गरी अघि बढ्नुपर्ने देखिएको बताउनुभयो ।

प्रकाशित समय १४:०९ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु