1100×100 Nabil Advert

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्‍यो संखुवासभामा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रम

कठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीको आयोजनामा संखुवासभा जील्लाको पाँचखपन नगरपालिकाको सभा हलमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा पाँचखपन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यता संचालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने खादबारी शाखा प्रमुख दुर्गा प्रसाद गौतमले गर्नुभएको थियो ।

 

नगरपालिका कृषि तथा पशु प्राविधिक, अन्य कर्मचारीहरु, सहकारी प्रतिनिधि तथा अगूवा कृषकहरु गरी जम्मा ५३ जना उपस्थिती रहेको उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी बीमा प्रक्रिया, दावी समबन्धमा साथै कृषि बीमाको नयाँ सफ्टवेयर र अभिकर्ता प्रविधिकको कृषि बीमा मा आवश्यक भुमिका बारे महत्वपूर्ण जानकारी गराउनुभएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मणीराम खतिवडाले प्रत्येक किसानलाई बीमासँग आबद्द गराउनुपर्ने साथै पालीकाले पनि आबश्यक सहजीकरण गर्दै लैजाने बताउनुभयो । संखुवासभामा र्निजिवन वीमाको अवस्था र आवश्यकताका बारेमा बोल्दै कम्पनीका कोशि प्रदेश प्रमुख नारायण गौतमले कम्पनिले बीमाको दायरा बढाई थप बिस्तार गरेर किसानको पहूँच सम्म पु¥याउने काम कम्पनिले गर्ने बताउनुभयो । उपस्थीत किसानहरुले बीमा आजको आवश्यकता रहेको र यस सचेतना कार्यक्रमले बीमा सम्बन्धि प्रष्टपारेको बताएका थिए ।

 

सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनी लिमिटेडको आयोजना र भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं. १ को समन्वयमा मिती २०८१ चैत्र १७ गते वडा नं. १ को कार्यालय श्यामशिलामा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष राजेन्द्र कुमार तामाङको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने भोजपुर शाखा प्रमुख सन्तोष तिवारीले गर्नुभएको थियो । कार्यक्रममा मुख्य वक्ताको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कृषि विभाग प्रमुख उमेश ढकाल रहनु भएको थियो ।

 

कार्यक्रममा बीमा कसरी गर्ने, काहाँ गर्ने, किने गर्ने सहितको विस्तृत जानकारी र दावीको समयमा क्षतिपुर्ती लिने आवश्यक प्रकृया बारे जानकारी गराइएको थियो । वडा सदस्य, नगर कार्यपालिका सदस्य, कृषक तथा कर्मचारी गरी कुल ६५ सहभागि रहेको कार्यक्रममा बीमाका माध्यमबाट सूरक्षाको प्रत्याभुति दिलाउनका साथै नेपाल सरकारद्घारा जारी गरीएको सफ्टवेयर प्रणाली मार्फत बीमालेख जारी गर्ने प्रकृया बारे समेत जानकारी गराईएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुले नियमित रुपमा बीमा गर्न सके आर्थीक पक्ष सवल भई निर्वाहमुखी खेति प्रणालिबाट ब्यवसायिक बन्न सकिने धारणा राख्दै कार्यक्रम समापन गरियो । कृषि ज्ञान केन्द्र भोजपुर आयोजना र सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनी लिमिटेडको समन्वयमा मिती २०८१ चैत्र १८ गते कृषि ज्ञान केन्द्र भोजपुरको सभाहलमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

 

कृषि ज्ञान केन्द्र प्रमुख, मुकेश कूमार यादवको अध्यक्षतामा संचालनमा भएको कार्यक्रममा भोजपुर वडा नं.६ का वडा अध्यक्ष फडिन्द्र प्रधानको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो । विशेष अतिथिका रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतम रहनु भएको थियो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका कर्मचारीहरु, भेटनरी अस्पताल, स्थानिय तह कृषि तथा पशु प्रविधिक अगुवा कृषक, पत्रकारलगायत अन्य सरोकारवाला निकायहरुबाट जम्मा ४० सहभागिहरुको उपस्थिती रहेको थियो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कृषि विभाग प्रमुख उमेश ढकालले कृषि, पशुपन्छि तथा जडिबुटि बीमा तथा अन्य र्निजिवन बीमा, प्रचलनमा रहेका कृषि, पशुपन्छि तथा जडिबुटि बीमालेख, कृषि, पशुपन्छि तथा जडिबुटि बीमामा कायम रहेको प्रिमियममा अनुदान, कृषि बीमाले रक्षावरण गर्ने तथा नगर्ने जोखिमहरु, बीमाको प्रकृया तथा दावी भुक्तानिमा आवश्यक पर्ने कागजात, नेपाल सरकारद्वारा जारी गरीएको सफ्टवेयर प्रणाली मार्फत बीमालेख जारी गर्ने प्रकृया बारे सहभागिहरुलाई जानकारी गराईएको थियो ।

प्रकाशित समय १६:१२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु