1100×100 Nabil Advert

हुलदङ्गाका कारण भएका क्षतिको बिमा दाबी शिघ्र फर्छ्यौट गर्न निर्देशन

काठमाडौँ । नेपाल बिमा प्राधिकरणले यही चैत १५ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन दिएको छ ।

 

 

प्राधिकरणले आइतबार सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिएको जनाएको छ । हुलदङ्गाका कारण भएका क्षतिको विवरण ‘एक्सेल स्प्रिडसिट’ ढाँचामा प्राधिकरणले दिएको ‘गुगल फर्म’को लिङ्कमार्फत साप्ताहिक रूपमा हरेक हप्ताको बुधबार प्राधिकरणमा पेस गर्न निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिइएको छ ।

प्रकाशित समय १०:३९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु