नेपाल एसबिआई बैंकद्वारा दुसित थानी हिमालयन रिसोर्ट र होटेल क्रिस्टल पशुपतिसँग सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेलबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाद्य तथा पेय पदार्थ र अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र दुसित थानी हिमालयन रिसोर्टकी सहनिर्देशक सेल्स एण्ड मार्केटिङ सितु श्रेष्ठबीच आदान-प्रदान भएको थियो ।
साथै नेपाल एसबिआई बैंक लि. र होटेल क्रिस्टल पशुपति, काठमाडौंबीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र आवास सुविधामा २० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकुमार पंडा र होटेल क्रिस्टल पशुपतिका निर्देशक सेल्स एण्ड मार्केटिङ रोशन सुवालबीच आदान-प्रदान भएको थियो ।
उक्त सम्झौताहरु बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैकको केन्द्रिय कार्यालयमा भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत विकास आनन्द, बैंकका सल्लाहकार छपि राज पन्त र बैंक तथा होटेलका अन्य उच्च पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
प्रकाशित समय १२:०४ बजे




















