नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयुबीच साझेदारी
काठमाडौं । मार्च महिनाको पहिलो हप्ता, एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आएइएफसी) सँग सहकार्य गर्दै र युरोपियन युनियनको एसीएसआइआइएस कार्यक्रमको सहयोगमा तीन-दिने तालिम सञ्चालन गर्यो । सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय र सानो तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो । नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले, तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक, र सुशासन अभ्यासहरूलाई समाहित गर्न जोड दियो, जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउँछ । आइएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न एनएमबि बैंकका व्यवसायिक टोली, इ एण्ड एस तथा जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भए ।
उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गर्यो । यस पहलले इएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै बैंक र यसको ग्राहकहरूको दीगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय १०:१६ बजे




















