हिमालयन बैंक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाडौं । हिमालयन बैंक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोष बीच बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ ।

 

 

बैंक तथा कोषबीच भएको यस सम्झौता अनुसार योगदानकर्ताहरुले हिमालयन बैंकमा खाता खोली यस बैंकले प्रदान गर्दै आएको हिमालरेमिट, मोबाइल बैंकिङ्ग वा कार्ड मार्फत सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन् । यसरी योगदानकर्ताहरुले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ ।

 

 

यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले बैंक तथा कोषका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गर्नु भएको थियो ।

प्रकाशित समय १९:३३ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु