1100×100 Nabil Advert

महालक्ष्मी विकास बैंकद्धारा महालक्ष्मी क्यालेण्डर २०८२ को डिजिटल संस्करण सार्वजानिक

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी क्यालेण्डर २०८२’ को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।

 

परम्परागत रुपमा प्रकाशन गरिने क्यालेण्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो । महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेण्डरमा समावेश गरिएको छ ।

 

नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

प्रकाशित समय १२:०२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु