बीमा प्राधिकरणको अध्यक्ष बन्ने दौडमा डा. रोकादेखि चापागाईसम्म

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ । आवेदन दिनेहरुमा डा.देवराज रोका (कल्याण), चीरञ्जीवी चापागाईं, विक्रान्त पाण्डे, कमलप्रसाद रेग्मी, शरद ओझा, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, रमण नेपाल र विनोदकाजी श्रेष्ठ रहेका छन् ।

 

आवेदकमध्ये डा.देवराज रोका युवा तथा साना व्यवसायी स्वरोजगार कोषका पूर्व कार्यकारी उपाध्यक्ष हुन् भने चिरञ्जीवी चापागाईं नेपाल बीमा प्राधिकरणकै पूर्वअध्यक्ष हुन् । विक्रान्त पाण्डे बीमा व्यवसायी हुन् । त्यसैगरी कमलप्रसाद रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् । रामशरण पुडासैनी पूर्वराजस्व सचिव हुन् भने डिमप्रसाद पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक हुन् । दामोदर बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक तथा नागरिक लगानी कोषका पूर्वकार्यकारी निर्देशक हुन् ।

 

अध्यक्षका निम्ति बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ । सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको पनि हुनुपर्ने प्रावधान छ ।

 

नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै रिक्त भएको अध्यक्ष पदका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको संयोजकत्वमा बनेको सिफारिश समितिले पुस २६ गते १५ दिनको समय तोकेर विज्ञापन खुलाएको थियो । सोही विज्ञापनअनुसार अध्यक्षका लागि आवेदन दिएकाहरुमध्येबाट छनौट गरेर ३ जनाको नाम सरकारलाई सिफारिश गर्नेछ । सरकारले ३ जनामध्ये एकलाई अध्यक्षमा नियुक्ति गर्नेछ ।

प्रकाशित समय ०९:२१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु