1100×100 Nabil Advert

मधेश प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल वितरण गर्दै सलिको

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्स (सलिको)ले मधेश प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल वितरण गर्न शुरु गरेको छ । पुस ७ गते पर्सा जिल्लाको पकाहमैनपुर गाउँपालिका वडा नं.–४ मा विभिन्न वर्गका ७० जनालाई कम्बल वितरण गरेको छ ।

 

उक्त कार्यक्रममा वडा नं.–४ का वडाअध्यक्ष भेडीप्रसाद यादव, नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख निशान्तकुमार लामिछाने, शाखा प्रमुख संदिप सिंह ठकुरी, समाजसेवी अयोध्याप्रसाद चौहानलगायतको उपस्थिति रहेको थियो । सलिकोले अन्य विभिन्न जिल्लामा समेत यसैगरी न्यानो कम्बल वितरण गर्ने जनाएको छ ।

प्रकाशित समय १९:३१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु