1100×100 Nabil Advert

भारतको नयाँ दिल्लीमा एनएडिए, एयसडिसि र एसिएमए बिच सम्झौता

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए), अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एनएडिए), र अटोमोटिभ कम्पोनेण्ट म्यानुफ्याक्चर्स एशोसिएशन ( एनएडिए), बिच त्रिपक्षिय चार बुंँदे संझौता सम्पन्न भएको छ । उक्त संझौतामा एनएडिएकातर्फबाट अध्यक्ष करण चौधरी, एयसडिसीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसिएमएकोतर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन ।

 

सो संझौता अनुसार यस सम्झौताले एएसडीसी, एनएडिए र एसीएमएबीच सहकार्यात्मक साझेदारीको खाका तय गरेको छ जसले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिंग र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढावा दिन नेपालको अटोमोवाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरू, मुल्याकंन कर्ताहरू र नाडा व्यवसायीहरुलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्नेछ । अटोमोटिभ उद्योग, जसले यसको व्यापक अगाडि र पछाडिको लिंकेजको कारण, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको एक महत्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्दछ, यसको विकासलाई टेवा पु र्‍याउन, गुणस्तर र तालिम क्षमताहरूको दूरीलाई सम्बोधन र यसको बृद्धिका लागि गुणस्तरिय तालिम क्षमताहरु उपलब्ध गराउने छ । तीनै पक्षहरूले नेपालको अटोमोटिभ क्षेत्रको मागहरु पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न शीप विकाशका तालिमकर्ताहरु र मूल्यांकनकर्ताहरूको विकास गरिनेछ र भारतको अटोमोटिभ क्षेत्रको लागि शीप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिबरी, र मूल्यांकन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसंग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पु र्‍याउने कार्य गर्नेछन् भनिएको छ ।

यो ऐतिहासिक त्रिपक्षिय सझौता नेपाल र भारतविचमा खाशगरी नेपालको अटोमोवाइल क्षेत्रको शीप विकासको लागि कोशेढुङ्गा सावित हुने गहिरो विश्वास एनएडिएले लिएको छ । यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोविलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा एनएडिएका अध्यक्ष करण चौधरीको नेतृत्वमा एनएडिए केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।

 

सो हस्ताक्षर समारोहमा एयसडिसीकातर्फबाट अध्यक्ष एफ.आर. सिङ्गभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्ट कोओर्डिनेटर नितिशकुमार चौरसिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी एसिएमएकातर्फबाट अध्यक्ष श्रद्धासुरी मारवाह, उपाध्यक्षद्धय विक्रमपती सिंघानिया र रितुन्च गुप्ता समेतको उपस्थिति रहेको थियो । त्यस्तै एनएडिएकातर्फबाट निवर्तमान अध्यक्ष डा.धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय १८:४० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु