सेवा र ब्याज शुल्कमा छुट दिंदै कृषि विकास बैंक
काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सवको अवसरमा सेवा तथा ब्याज शुल्कमा छुट दिने भएको छ । बैैंकले वार्षिकोत्सवको अबसरमा नयाँ कर्जाग्राहकलाई सहुलियत तथा छुट योजना सार्वजनिक गरेको हो । यो नियम सीमित अवधिको लागि मात्र तय भएको र छुट योजनामा सबै प्रकारको कर्जा आधारका दरमा ०.५ प्रतिशत मात्र प्रिमियम जोडिने जनाइएको छ ।
त्यस्तै कृषि कर्जा तथा कृषिमा आधारित व्यवसायिक परियोजनाहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । कर्जा माग गर्ने अवधि भने माघ मसान्तसम्म रहने बैंकले जनाएको छ । तरलताको अवस्था मजबुत रहेको र ऋण लिएर व्यवसाय गर्न चाहनेहरुका लागि यो लाभदायक हुने देखिएको छ ।
प्रकाशित समय २१:२१ बजे




















