1100×100 Nabil Advert

कर्मचारीको उत्पादकत्व, उत्प्रेरणा र टिम भावनाको विकास गर्नु जरुरी : सिइओ गुरुङ

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कर्मचारीको उत्पादकत्व, उत्प्रेरणा र टिम भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । गुरुङले बैंकको ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘एडीबीएल कर्पोरेट फुटसल, २०८१’ को शुभारम्भ गर्दै सो कुरा बताउनुभएको हो । उद्घाटनका अवसरमा बोल्दै गुरुङले भन्नुभयो- ‘यस्ता खाले कार्यक्रमहरुले कर्मचारीहरुको शारीरिक र मानसिक स्वास्थ्य चुस्त राख्नुका साथै कर्मचारीको उत्पादकत्व, उत्प्रेरणा र टिम भावनाको विकास गर्नुका साथै विभिन्न संस्थाहरु बीचको सम्बन्ध समेत विस्तार हुन पुग्दछ ।’

 

विभिन्न संघ-संस्थाहरु बीचमा भ्रातृत्व, आत्मीयता र सम्बन्ध विस्तार एवं कर्मचारीहरुको शारीरिक एवं मानसिक तन्दुरुस्ती चुस्त राख्ने मुख्य उद्देश्य लिएर कृषि विकास बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कर्पोरेट हाउसहरुका बीचमा ‘एडीबीएल कर्पोरेट फुटसल, २०८१’ को आयोजना गरेको जनाएको छ । उद्घाटन खेल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उपमहाप्रबन्धकहरु प्रताव सुवेदी, बाबुकाजी थापा, यज्ञप्रकाश न्यौपाने, मिनराज पोख्रेल र सुशिल हुमागाई तथा विभागीय प्रमुखहरु लगायत कृषि विकास बैंक लिमिटेडका कर्मचारी, विभिन्न संघ–संस्थाका कर्मचारीहरु, पत्रकार, स्वास्थ्यकर्मी लगायत खेलाडी तथा समर्थकसहित करिव ४ सय जनाको उपस्थितिमा २०८१ माघ १ गतेबाट शुरु भएको हो । उक्त कार्यक्रमको उद्घाटन खेल बैंकको सञ्चालन व्यवस्थापन टिम र व्यवसाय व्यवस्थापन टिमका बीचमा मैत्रीपूर्ण खेल खेलेपश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले रेफ्री टिमलाई बल हस्तान्तरण गरी औपचारिक प्रतियोगिताको शुभारम्भ गर्नुभएको थियो ।

 

 

प्रतियोगितामा बैंक तथा बीमा, होटेल, सूचना तथा सञ्चार, अटोमोवाइल्स, इन्टरनेट सेवा प्रदायक संस्था, विमान सेवा प्रदायक संस्थालगायत पुरुष तथा महिला गरी ३० टिमको सहभागिता रहेको उक्त प्रतियोगिता माघ १ गतेबाट शुरु भई माघ ४ र माघ ५ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै रुपमा विजेताले बैंकको वार्षिकी बराबरको पुरस्कार राशी ५८ हजार तथा उपविजेताले ३८ हजार, तेस्रो हुने टिमले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार, सर्वोत्कृष्ट गोल रक्षकले ५ हजार तथा सर्वाधिक गोलकर्ताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको पुरस्कार कृषि विकास बैंक लिमिटेडको स्थापना दिवस माघ ७ गते बैंकको मुख्य कार्यालय रामशाहपथ काठमाडौंको प्रांगणमा हुने एक विशेष कार्यक्रमका बीचमा प्रदान गरिने बैंकले जनाएको छ ।

प्रकाशित समय १५:४९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु