1100×100 Nabil Advert

सलिकोद्वारा कोशी प्रदेशमा क्षमता अभिबृद्धि तालिमको आयोजना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)द्वारा दुई दिवसीय कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त तालिमको उद्देश्य सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षता र क्षमता बृद्धि गर्नु रहेको छ ।

 

उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरुको उपस्थित रहेको थियो, जसमा नेपाल बीमा प्राधिकरणका कोशीप्रमुख विनोदकुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव महाप्रबन्धक कविराज पौडेल, कोशी प्रदेश प्रमुख नारायण गौतम रहेका थिए ।

 

तालिम प्रशिक्षकहरुमा बजार विभागका नायव महाप्रबन्धक कविराज पौडेल, दावी विभागका प्रमुख सुभाष दिक्षित, कोशीप्रदेश प्रमुख नारायण गौतम, अण्डरराइटिङ्ग विभागका प्रमुख दिवश तिमल्सिना र मानव संशाधन विभागका प्रमुख शशिधर शर्मा रहेका थिए । प्रशिक्षकहरुले विभिन्न र बीमा क्षेत्रका साथ अन्य समसामायिक विषयहरुमा जानकारी दिनुभएको थियो भने नेपाल बीमा प्राधिकरणका विनोदकुमार पोख्रेलले बीमा तथा परिपालन सम्बन्धी आफ्ना धारणा व्यक्त गर्नुभएको थिए ।

 

उक्त इनहाउस तालिममा कोशी प्रदेशका सम्पूर्ण शाखाबाट आएका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । जसले सबै सहभागीहरुलाई सकारात्मक सोचका साथै काम गर्ने हौसला प्रदान गर्‍यो । यस सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरुको दक्षता र क्षमतामा सुधार ल्याउन प्रतिबद्ध रहेको जानकारी दिएकोे छ ।

प्रकाशित समय १६:५९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु