४३० किलोमिटर रेञ्ज दिने लक्जरियस विद्युतीय इभीइजी ट्याक्सीको नेपालमा लञ्ज
४१ लाख ५० हजार मूल्य, १ लाख १ हजारमै बुकिङ गर्न मिल्ने
काठमाडौं । विश्व बजारमा झैं नेपालमा पनि लक्जरियस ट्याक्सी सरिना जी ट्रेड प्रालिले भित्र्याएको छ । कम्पनीले आजै राजधानीमा एक कार्यक्रमका बीच नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला गरेको हो । जेएमईभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरे बुकिङ गर्न सकिने जनाइएको छ ।
संसारभर प्रचलनमा रहेको सेडान मोडलको नयाँ ईभी ट्याक्सी नेपाल भित्रिएसँगै ट्याक्सी चालकहरुले सस्तो मूल्यमा अत्यन्तै लक्जरियस कार उपयोग गर्न पाउने सरिना जी ट्रेडका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो । यसअघि नेपाल भित्रिएका अन्य इभिको तुलनामा यो अत्यन्तै दह्रो, लक्जरियस्, यात्रुमैत्री भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
इभीईजी ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४।६ पिएस छ । एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यस ईभीलाई डिसी फास्ट चार्जरको सहायतामा ३० मिनेटभित्रै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, एसी चार्जरले नौं घण्टा र डिसी चार्जरले एक घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ । कम्पनीले यसको ब्याट्रीमा आठ वर्ष अर्थात एक लाख ५० हजार र मोटरमा तीन वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टि दिएको छ ।

यस ट्याक्सीको लम्बाई ४६७५ एमएम, चौडाई १८३५ एमएम र उचाई १४८० एमएम तथा ह्विलवेश २७५० एमएम छ, भने ग्राउन्ड क्लिरियन्स १७० एमएम दिइएको छ । साथै यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम उपलब्ध गराइएको छ । आधुनिक डिजाइन दिएर आकर्षक लुक्समा तयार पारिएको यस ट्याक्सीमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तीनवटा ड्राइभी मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ ।
साथै, यसमा क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटर सिस्टम, ४१० लिटरको बुट स्पेस, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टि फंक्सन स्टेरिङ ह्विल, आईपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री–वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता बिशेषता छन् । सेफ्टि फिचर अन्तर्गत यसमा दुईवटा एयरब्याग, ईबिडी ब्रेकिङ सिस्टमसहितको एबिएस, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल, रियर पार्किङ सेन्सर र एन्टि पिन्च विन्डो ग्लासलगायत छन् । व्याट्रीमा आठ वर्ष वारेन्टी रहेको र एक लाख एक हजार डाउन पेमेन्टमै पाइने भएपछि अत्यन्तै आकर्षक गाडीको बुकिङ गर्न लञ्जकै दिन थुप्रै ट्याक्सी व्यवसायीहरु मोहित भएका थिए ।
प्रकाशित समय १५:३९ बजे





















