एभरेष्ट बैंकले ल्यायो फिदिम र फुङलिङमा १३० र १३१ औं शाखा सञ्चालनमा

काठमाडौैं । एभरेष्ट बैंकले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा आफ्ना ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ २०८१ साल पुस ११ गतेका दिन फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा र पुस १२ गतेका दिन फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरेको छ । यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ ।

 

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।

प्रकाशित समय १२:५९ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु