आइएमई पेले ल्यायो ‘लोड, पे, विन’ अफर
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले ‘लोड, पे, विन’ नामक योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत आइएमई पे प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ ।
मङ्सिर २० गते देखि पौष २० गते सम्म १ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका सेवाग्राहीहरुले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले रु.१००० बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधी भरी आइएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरुले आइएमई पे एपमा लिङ्क गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट ‘लोड टु वालेट’, कनेक्ट आइपीएस, ई-एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्स मार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्नेछन् । यस योजनामा सहभागी हुन प्रयोगकर्ताहरुले कम्तीमा रु.१००० आइएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाईल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरुको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्दछ । बम्पर विजेताहरुले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम रु.१०,००० सम्म प्राप्त गर्न सक्नेछन् ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
प्रकाशित समय १२:५२ बजे



















