नेपाल मर्चेन्ट बैंकर्स संघ र नेपाल धितोपत्र बोर्डका अध्यक्षबीच लगानीकर्ताको हितका बारेमा छलफल

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरुद्वारा नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेटघाट गरेका छन् । ललितपुर खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिषनारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्तराज पाण्डे, सदस्यहरु सन्दिप कार्की एवं पुष्प शर्माको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी लगायतका कार्यसमिति सदस्यहरुले समग्र पुँजी बजारलाई स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउन, लगानीकर्ताको हकहित संरक्षण गर्न तथा समग्र धितोपत्र बजारलाई समयसापेक्ष विकास र विस्तार गर्न आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरेका थिए ।

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले समग्र पुँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समयसापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका महासचिव निर्मल भट्टराईले जनाएका छन् ।

प्रकाशित समय १८:१४ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु